image
image

बिक्री हुँदै छाड्यो छुर्पी, लगानी डुब्ने चिन्तामा उद्योगी 

गाईघाट। गाईघाट बजारमा उत्पादन भएको छुर्पिको बिक्री हुन छाडेपछि व्यवसायीहरु मर्कामा परेका छन। 

त्रियुगा नगरपालिका क्षेत्रभित्र व्यावसायिक गाईपालन गर्ने किसानले उत्पादन गरेका दूध डेरीमा सहज आपूर्ति भएकाले यो वर्ष छुर्पी उत्पादनमा व्यापक वृद्धि भएको हो। तर उद्योगीले उत्पादन गरेको छुर्पीको बिक्री नै ठप्प हुँदा लगानी नै डुब्ने चिन्ता बढेको छ।  

मङ्सिर पहिलो सातादेखि उत्पादन गर्न सुरु गरेकोमा हालसम्म १७ क्विन्टलभन्दा बढी छुर्पी उत्पादन भइसकेको राधाकृष्ण दूध डेरीका सञ्चालक वासुदेव कटुवालले बताए। 

त्यसैगरी सात वर्षदेखि छुर्पी उत्पादन गर्दै आएको पाथीभरा दूध डेरी उद्योगले पनि मङ्सिरदेखि नै उत्पादन सुरु गरेर अहिलेसम्म करिब ६० क्विन्टलभन्दा बढी छुर्पी उत्पादन गरिसकेको सञ्चालक अविनार लिम्बूले बताए। ।

विगतका वर्षहरूमा प्रतिकिलोग्राम एक हजार रुपियाँका दरले बिक्री हुँदै आएकोमा यस वर्ष मूल्य भने घटेर प्रतिकिलो सात सयको हाराहारीमा झरेको छ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।