image
image

यो साता नेप्सेमा १६ कम्पनीको सेयर सूचिकृत, कुनको कति  ?

काठमाडौँ १९ भदौ ।  यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न १६ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । सूचिकृत हुनेमा  एनआईसी एशिया सेकेक्ट–३०, सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड, अरुण काबेली पावर कम्पनी लिमिटेड, सनराइज फर्स्ट म्युचुअल फण्ड, सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नागरिक लगानी कोष, स्वावलम्बन लघुवित्त वित्तीय संस्था,  समृद्धि फाइनान्स,लक्ष्मी बैंक सिद्धार्थ इन्स्योरेन्स कम्पनी,  मुक्तिनाथ विकास बैंक, अपि पावर कम्पनी लिमिटेड, ङादी ग्रुप पावर कम्पनी लिमिटेड, एनएमबि हाइब्रिड फण्ड एल १,  एनएमबि ५० फण्ड र नेपाल राष्ट्र बैंक रहेको छ ।

नेप्सेका अनुसार यो साता  एनआईसी एशिया सेकेक्ट–३० फण्डको १२ करोड ५० लाख इकाईहरू सूचिकृत भएको छ । त्यस्तै नयाँ सारथी लघुवित्तको ८.१३ प्रतिशत बोनस बापतको १ लाख ९१ हजार ५ सय २० कित्ता सेयर, अरुण काबेली पावर कम्पनी लिमिटेडको १७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ८१ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।

यस्तै सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको ५० प्रतिशत लाभांश पश्चात् नेप्सेले प्रतिइकाई १३ रूपैयाँ १३ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको हो ।सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनीको २ करोड कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । 


यता नागरिक लगानी कोषको २७ लाख कित्ता बोनस सेयर र  स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ६ हजार ६.१५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यस्तै समृद्धि फाइनान्सको १४ लाख २० हजार ७१८ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । लक्ष्मी बैंकको २० लाख इकाई ऋणपत्र सूचीकृत भएको छ । अपि पावर कम्पनी लिमिटेड कम्पनीको १०.५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ७८ रूपैयाँ ७३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । 

त्यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १२ लाख कित्ता बोनस शेयर र मुक्तिनाथ विकास  १२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत भएको  छ । यता एनएमबि ५० फण्डको ३० प्रतिशत लाभांश पछि नेप्सेले प्रतिइकाई १२ रूपैयाँ ५३ पैसा कायम हुने गरी इकाईमूल्य समायोजन गरेको छ।  त्यसैगरी  एनएमबि हाइब्रिड फण्ड एल १ फण्डको पनि २० प्रतिशत लाभांश पछि नेप्सेले प्रतिइकाई ११ रूपैयाँ ८० पैसा कायम हुने गरी इकाईमूल्य समायोजन गरेको छ । यस्तै मुक्तिनाथ विकास बैंकको १२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत भएको छ ।



साथै नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ५ वर्ष अवधि भएको २०८३ 'ङ' नामको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज नेप्से मा सूचिकृत भएको छ । ङादी ग्रुप पावर कम्पनी लिमिटेड कम्पनीको २० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ७ रूपैयाँ ५० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ। अपि पावर कम्पनी लिमिटेड कम्पनीको १०.५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ७८ रूपैयाँ ७३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।