image
image

कारोबारको पहिलो घन्टामा ४.७२ अंकले घट्यो नेप्से 

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ दशमलव ७२ अंकले घटेर २ हजार ५२२ दशमलव १९ विन्दुमा पुगेको छ ।   

२ हजार ५३६ दशमलव ४७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव १९ प्रतिशतले घटेको हो । आइतवार कारोबारको पहिलो घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । 

पहिलो घण्टामा भएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी होटल्स, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त समूहको परिसूचक घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।