image
image

शेयर बजारका लगानीकर्तालाई सवा २ खर्ब नोक्सान

काठमाडौँ, २०, भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) यस साता पनि ओरालो लाग्ने क्रम जारी रह्यो । चार दिनमात्रै कारोबार भएको यो साता एक दिन झिनो अंकले सुधार भए पनि बाँकी तीन दिन उच्च अंकले घटेको थियो । सोमबार सार्वजनिक बिदा परेकाले चार दिनमात्रै कारोबार भएको हो । अघिल्लो साता ३०९४ दशमलव शून्य ५ विन्दुमा बन्द भएको नेप्से यस साता ५ दशमलव ४० प्रतिशत अर्थात १६७ दशमलव १६ अंकले घटेर २९२६ दशमलव ८९ बिन्दुमा बन्द भएको छ ।

साताभर २३० कम्पनीको ८ करोड ३२ लाख ९० हजार कित्ता शेयर ४७ अर्ब ६७ करोड ८७ लाख ११ हजार रुपियाँ कारोबार भएको छ । परिसूचकसँगै कारोबार रकममा पनि उच्च गिरावट आएको छ । यस साता शेयर बजारका लगानीकर्ताले करिब २ खर्ब ३४ अर्ब रुपियाँ गुमाएका छन् । अघिल्लो साता नेप्सेको कुल बजार पुँजीकरण ४३ खर्ब २३ अर्ब रुपियाँभन्दा बढी रहेको यस साता ४० खर्ब ८९ अर्ब रुपियाँमा झरेको छ।

साताको पहिलो दिनमा बजार नेप्से ४९ दशमलव १८ अंकले ओरालो लागेको थियो । त्यस्तै तेस्रो दिन मंगलबार ६९ दशमलव शून्य ५ अंकले घट्यो । तर, बुधबार नेप्से १ दशमलव १८ अंकले सुधार भए पनि साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा पुनः ५० दशमलव १३ अंकले घटेर परिसूचक २९२६ दशमलव ८९ बिन्दुमा सीमित भएको छ । यस साता होटल तथा पर्यटन समूह बाहेक सबै समूहमा उच्च गिरावट आएको छ र यस समूहको परिसूचक १ दशमलव ४८ प्रतिशत बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।