image
image

साढे ३ अर्ब बढीको लसुन र प्याज आयात

काठमाडौँ, २०, भदौ। नेपाललाई कृषिप्रधान मुलुक भनिएता पनि मुख्य खाद्यबाली, कृषि उपज, तरकारी तथा फलफुलजन्य वस्तु विदेशबाट आयात भइरहेको छ । जसमध्ये तरकारीमा मसलाका रुपमा प्रयोग हुने लसुन र प्याज मात्रै साढे ३ अर्ब भन्दा बढीको विदेशबाट आयात भएको छ ।

भन्सार विभागको गत आर्थिक वर्ष २०७७÷७८ को तथ्यांक हेर्ने हो भने भारत, चीनलगायतका मुलुकबाट लसुन र प्याज गरी कुल ३ अर्ब ५२ करोड ७९ लाख बराबरको आयात भएको छ । 

जसमध्ये प्याजमात्र २ अर्ब ४६ करोड ८२ लाख बराबरको आयात भएको छ भने १ अर्ब ५ करोड ९६ लाख बराबरको लसुन आयात भएको छ । 

श्रखासगरी, लसुन प्याज आयात हुने देशहरुमा भारतसहित चीन, इजिप्ट, इन्डोनेसिया र तुर्के छन् । चीन र भारतबाट तुलनात्मक रुपमा बढी परिमाणमा लसुन आयात भएको छ भने भारतबाट सबैभन्दा बढी प्याज आयात भएको विभागको तथ्यांकले देखाएको छ । 

वर्षेनी सरकारले कृषिजन्य वस्तुमा आत्मर्निभर बन्ने र आयात प्रतिस्थापन गर्ने योजना ल्याए पनि व्यवहारमा लागू हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।