image
image

अलैँचीको भाउ बढेपछि पाँचथरका किसान हर्षित

काठमाडौँ, २०, भदौ । विगत ८ वर्षयता निरन्तर ओरालो लागेको पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् । 

प्रतिमन (४० किलो) को १ लाख २० हजार रुपैयाँमा अलैंची बिक्री गरेका किसान भाउ बर्सेनि घट्दै गएपछि निराश बनेका थिए । तर यसवर्ष सिजनको सुरुवातमै भाउमा वृद्धि हुँदै जान थालेपछि किसान आशावादी बनेका हुन् ।

पाँचथर जिल्लामा अहिले अलैँची प्रतिमन ३४ देखि ३७ हजार रुपैयाँ सम्ममा कारोबार भइरहेको अलैँची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारीले बताउनुभयो । गएको वर्ष यही समयमा अलैँचीको भाउ प्रतिमन २६ हजार रुपैयाँ रहेको थियो । 

भाउ बढे पनि अलैँचीमा लागेको डरुवा रोग, गानो कुहिने लगायतका रोगले यसवर्ष जिल्लामा अलैँची उत्पादनमा भने ह्रास आउने सम्भावना रहेको उहाँको भनाई रहेको छ । उत्पादनमा ह्रास आउने भएकाले माग बढ्न सक्ने र भाउ अझै बढ्न सक्ने अधिकारीको भनाई रहेको छ । अलैँचीको कारोबार हुने मुख्य सिजन असोज, कात्तिक र मंसिर महिना हो । 

उचित मूल्यको पर्खाइमा रहेका किसानको अलैँची घरमै थन्किएको छ । गएको वर्षको तुलनामा भाउ बढ्दै गएपछि किसानमा केही आशा पलाएको फालेलुङका अलैँची किसान यामबहादुर लिम्बू बताउनुहुन्छ । उचित मूल्य पाउने आशामा किसानले तीनरचार वर्षदेखि अलैँचीलाई गोदाममा थन्काएर राखेका छन् ।

अलैँची विकास केन्द्र फिक्कल इलामका अनुसार पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा ४ हजार १ सय ५०  हेक्टरमा अलैँची खेती हुने गर्दछ । जुन नेपालमै सबैभन्दा धेरै हो । यस्तै पाँचथरमा १ हजार ७ सय  ३७ र इलाममा १ हजार २ सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको छ । नेपालको अलैँची भारत हुँदै तेस्रो देशसम्म निर्यात हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।