image
image

नेप्सेमा १०८.२६ अंकको गिरावट

काठमाडौँ २० भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ । आजको कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक १२ बजेर ५९ मिनेट जाँदा ५.३ प्रतिशतले घटेर ४० मिनेटको लागि बन्द भयो । उक्त समयपश्चात नेप्सेमा पुनः कारोबार शुरु भएको थियो । अन्ततः आज नेप्से १०८.२६ अंकले घटेर दुई हजार ८ सय १८ दशमलब ७३ विन्दुमा बन्द भएको छ ।

नेप्सेका अनुसार आज ११ अर्ब २४ करोड ३ लाख बराबरको कारोबार भएको छ ।आज २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८ सय ३२ शेयर १ लाख २९ हजार १ सय ४२ पटक कारोबार भएको छ ।      

आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कारोबार भएका धेरैजसो कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७० करोड भन्दा बढीको कारोबार भएको छ ।            
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।