image
image

मूल्य घटाउँदै एनआईसी एशियाको स्वामित्वमा रहेका ३ कम्पनी संस्थापक सेयर बिक्रीमा

काठमाडौँ, २१, भदौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक समूहको सेयर आज (सोमबार) बाट फेरी बिक्री खुल्ला गरेको छ । बैंकले यसअघि पनि पटक/पटक बिक्रीमा ल्याउँदा बिक्री नभएपछि फेरि बिक्रीमा ल्याएको हो ।

बैंकले मेरो माइक्रोफाइनान्सको ८४ हजार ८ सय २९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ५ हजार ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९ सय २ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । 

मेरो माइक्रोफाइनान्स लघुवित्तको  मूल्य ५२९ रुपैयाँ, आरएमडीसी लघुवित्तको मूल्य ५४१ रुपैयाँ र 
नागरिक लगानी कोषको मूल्य १२९४ रुपैयाँ रहेको छ । लगानीकर्ताले मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । आरएमडीसी लघुवित्तको सेयरमा भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  

लगानीकर्ताहरुले मेरो माइक्रोफाइनान्स र आरएमडीसी लघुवित्तको हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी कोषको सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताले आज (भदौ २१ गते) बाट भदौ ३१ गते, शुक्रबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।