image
image

बजार खुलेको १५ मिनेटमै ६२ अंकले बढ्यो नेप्से

काठमाडौँ, २१, भदौ । आज साताको दोश्रो कारोबारको दिन सेयर बजारमा हरियाली देखिएको छ । बजार खुलेको १५ मिनेटमा नेप्से परिसूचक ६२ अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६२.०९ अंकले बढेर २८८०.९३ विन्दुमा पुगेको छ । नेप्से २.२० प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १०.८४ अंकले बढेर ५३२.८३ विन्दुमा पुगेको छ ।

कूल १८४ वटा कम्पनीको ८ लाख ४ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ४९ करोड ५९ लाख ८ हजार एक सय ९१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।