image
image

सेयर धितो ऋण १२ करोडभन्दा बढी पनि लिन पाइने

काठमाडौँ, २१, भदौ। सेयर धितो ऋणमा कडाइले बजार घटेपछि नेपाल राष्ट्र बैंकले सोमबार यसबारे प्रष्टीकरण दिएको छ। राष्ट्र बैंकले आफ्नो वेवसाइटमा एफएक्यु (बारम्बार सोधिने प्रश्नहरु) शीर्षकमा सेयर धितो ऋण बारे प्रष्टीकरण दिएको हो।

राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिको ब्यवस्था अनुसार निर्देशन जारी गर्दै एउटा बैंकिङ संस्थाबाट बढीमा ४ करोड र सबै गरेर १२ करोडसम्म लिन पाउने ब्यवस्था गरेको छ। यो ब्यवस्थापछि सेयर बजार निरन्तर घटिरहेको छ। आइतबार त बजार १०८ अंकले घटेको थियो। सोमबार पनि बजारमा तीब्र उतारचढाब छ।

यसै सन्दर्भमा राष्ट्र बैंकले ुके व्यवसाय गर्नको लागि शेयर धितो राख्न पाइन्छरु यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ ? भनेर प्रश्न उठाउँदै उत्तर दिएको छ।

भनिएको छ( उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयर समेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइन्छ । बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा शेयर समेत धितोको रुपमा राख्न सक्छन्।

अन्य संस्थाको सेयर किन्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनको लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाको रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लागू हुँदैनु राष्ट्र बैंकले प्रष्टीकरण दिएको छ।

यो प्रष्टीकरणले सेयर कारोबारीलाई भने सहज हुने छ। कसैले उद्यम ब्यवसायमा भनेर सेयर धितो ऋण लिन सक्छन्। त्यो पैसामा सीमा हुँदैन। यसको नियमन राम्रो नभएमा बैंक ऋण बजारमै जाने संभावना उच्च छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।