image
image

अत्यावश्यक वस्तुको मूल्यवृद्धि

काठमाडौँ, २१, भदौ । लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने गरेको पाइएको छ ।

न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र, गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताहरु बताउँछन् । बढी मूल्य लिएको गुनासो गर्ने उपभोक्तालाई सामान नदिएर खाली हात फर्काउने गरेको नेपालगञ्ज–१३ लक्ष्मण केसीले बताए ।

उनका अनुसार लकडाउनअघिसम्म डेरीबाट रु एक हजार लिटरमा पाउँदै आएको घ्यूलाई प्रतिलिटर अहिले रु एक हजार ६० मा बिक्री गर्ने गरिएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उपभोक्ताका गुनासा आफूले पनि सुन्ने गरेको जनाउँदै कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने पसलको अनुगमन गरी कारबाहीका दायरामा ल्याउने बताए ।

 लकडाउन अघि बजार अनुगमन गर्दै आएको नेपालगञ्ज उपमहानगरपालिका, वणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको भूमिका प्रभावकारी नभएपछि व्यापारीले कृत्रिम अभाव र मनपरि मूल्य लिने गरेका  उपभोक्ताको गुनसो गर्दछन् ।  

यी दुवै निकायका पदाधिकारीले बजार अनुगमन गरिरहेको जनाएका छन्  । उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौडेल र उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले अनुगमन गरिरहेको जानकारी दिए ।

निमित्त प्रमुख पौडेलको सुझाव छ, उपभोक्ताले व्यापारीसँग आफूले खरिद गरेको वस्तुको बील माग गरेको खण्डमा त्यसका आधारमा कारवाही गर्न सहज हुनेछ ।

जिल्लामा पछिल्लो समय बजारलाई खुकुलो पार्दै निषेधाज्ञा कायमै राखिएको छ । जिप्रकाले स्वास्थ्य मापदण्डको पालना गरी पसल खोल्न दिने निर्णय गरेको छ । जिल्ला अहिले कोरोना महामारीको एलो जोनमा परेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।