सेन्ट्रल फाईनान्सको संस्थापक सेयर बिक्रीमा
काठमाडौँ, २१, भदौ । सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । फाईनान्सका केही शेयरधनीहरूले आफ्नो नाममा रहेको एक लाख ५४ हजार ४ सय ४९ कित्ता सेयर बिक्री गर्न निवेदन दिएका हुनाले कम्पनीले सोही सेयर बिक्री गर्न लागेको हो ।
फाईनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम फाईनान्सका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुर वा फाईनान्सको सेयर रजिष्टार एनएमबि क्यापिटलमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।
यस अवधिभित्र निवेदन पेश नभएमा प्रचलित नियम अनुसार अन्य व्यक्तिहरूलाई सेयरहरू बिक्री गरिनेछ ।