image
image

राधी विद्युत कम्पनीको बोनस शेयर फ्रिज हुने

काठमाडौँ २१ भदौ । राधी विद्युत कम्पनी लिमिटेडको बोनस शेयर कर नतिरेसम्म फ्रिज हुने भएको छ । ३६ दशमलव ५ प्रतिशत बोनस शेयर कर नतिरेसम्म फ्रिज हुने भएको कम्पनीले सोमवार सुचना जारी गर्दै जानकारी दिएको हो । आफ्नो हक वापतको बोनस शेयर फ्रिज हुन नदिन सम्बन्धित शेयरधनीहरुले कर तिर्नुपर्ने भएको छ ।


कम्पनीले असार २९ गते सम्पन्न साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ । सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा कर वापतको रकम बुझाईसकेपछि मात्र बोनस शेयर जम्मा गरिने व्यवस्था भएकाले कर रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको हो ।

बोनस शेयर वापतको कर रकम कम्पनीको बैंक अफ काठमाडौंको कमलपोखरीमा रहेको खाता नम्बर ०१०००००६३५१७५२४ मा जम्मा गर्न कम्पनीले आग्रह गरेको छ । कर रकम जम्मा गर्दा अनिवार्य रुपमा आफ्नो हितग्राही खाता खुलाउनु पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।