निर्देशक सुदर्शन थापाले सुप्रियासँग गरे इन्गेजमेन्ट
काठमाडौँ, २१, भदौ । चलचित्र निर्देशक सुदर्शन थापाले इन्गेजमेन्ट गरेका छन् । उनले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन् । सुदर्शनको जन्मदिनको अवसर पारेर उनीहरुले एकअर्कासँग औंठी साटेका छन् ।
लामो समयदेखि प्रेममा रहेका सुदर्शन सुप्रियाले काठमाडौंको र्याडिसन होटलमा औंठी साटासाट गरेका छन् । सुदर्शनले आउँदो असोज २२ गते हिन्दू परम्पराअनुसार विवाह गर्ने बताइएको छ । सुदर्शन र सुप्रिया विगत एक बर्ष प्रेममा रहेका थिए ।
इन्गेजमेन्ट कार्यक्रममा सुदर्शन तथा सुप्रियाको पारिवारिक उपस्थिति थियो ।