image
image

बढ्यो वाणिज्य बैंकको निक्षेप

काठमाडौँ २१ भदौ ।वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन रु ६ अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वाणिज्य बैंकहरूको कूल निक्षेप रु ४१ खर्ब २९ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको साउन मसान्तसम्म कूल रु ४१ खर्ब २३ अर्ब बराबर निक्षेप सङ्कलन गरेका थिए ।



भदौ महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढाएका छन् । साउन मसान्तको तुलनामा बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढेको हो । वाणिज्य बैंकहरूले भदौको १८ गतेसम्म रु ३८ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेका छन् । गत साउनसम्म बैंकहरूले कूल रु ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 


यस्तै, स्वदेशी मुद्रामा वाणिज्य बैंकको निक्षेप रु चालीस खर्ब ९ अर्ब रहेको छ भने कर्जा रु ३६ खर्ब ६९ अर्ब रहेको छ । विदेशी मुद्रामा रु एक खर्ब २० अर्बको निक्षेप रहेको छ भने रु एक खर्ब ५० अर्ब बराबरको कर्जा रहेको छ ।
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।