image
image

उखु कृषकको अझै ७ करोड बक्यौता

काठमाडौँ, २२, भदौ । पर्सा र बाराका किसानले सरकारबाट गत वर्षकै उखुको अनुदान रकम नपाएको गुनासो गरेका छन् । पर्सा र बाराका उखु किसानले सरकारबाट गत वर्षकै अनुदानवापतको करिब ७ करोड रुपियाँ अहिलेम्म पनी नपाएको उखु उत्पादक संघ पर्साका अध्यक्ष असर्फी साहले जानकारी दिनुभयो । पर्सा र बारका किसानले आफूले फलाएको उखु बाराको श्रीपुर मनहर्वास्थित रिलायन्स सुगर मिल र रौतहटको कटहरियास्थित बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिलाई बेच्दै आएका छन् । 

सरकारले चिनी मिलसँग किसानको तथ्यांक लिएर प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान किसानलाई दिने गर्छ । त्यसैले चिनी मिलले किसानलाई उखु खरिद गरेवापत रकम भुक्तानी गर्दा सरकारले तोकेको भाउमा प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा कम भुक्तानी दिन्छ । त्यो रकम सरकारले अनुदान स्वरुप किसानलाई उपलब्ध गराउने गरेको छ । सरकारले कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत् किसानलाई यो रकम बर्षेनी वितरण गर्ने गर्छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।