image
image

युनिलिभर नेपालले प्रस्ताव गर्‍यो प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश

काठमाडौँ, २२, भदौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७र  ७८ सम्मको वितरण योग्य नाफाबाट नगद लाभांश  वितरण गर्ने घोषणा गरेको छ ।गत सोमवार बसेको सञ्चालक समितिको बैठकले प्रतिकित्ता शेयर बराबर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 
 
कम्पनीले साधारण सभाबाट पारित भएको ४५ कार्य दिनभित्र शेयरधनीहरुलाई नगद लाभांश वितरण गरिने पनि बताएको छ।

लाभांश वितरणका लागि कम्पनीले आगामी असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज २४ गतेसम्म कायम शेयरधनीहरु  कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्तिका लागि योग्य हुने छन्।

सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर १०० रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।