image
image

तेह्रथुम पावरको आईपीओ आगामी शुक्रवारसम्ममा बाँडफाँट गर्ने तयारी

काठमाडौँ, २२, भदौ । तेह्रथुम पावर कम्पनीको आईपीओ अगामी शुक्रवारसम्ममा बाँडफाँट गरिने भएको छ ।

विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ शुक्रवारसम्ममा बाँडफाँट गर्ने गरी प्रि– अलोटमेण्टको काम भइरहेको छ । कम्पनीले ८ लाख कित्ता आईपीओ गत भदौ ९ गतेदेखि १५ गतेसम्म निष्कासन गरेको थियो ।

 कम्पनीले जसमध्ये ४० हजार कित्ता म्युचुअल फण्डको लागि, १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियो । 

उक्त आईपीओमा अन्तिम दिनसम्ममा २३ लाख ५७ हजार ९ जना आवेदकबाट ३ करोड १२ लाख ५४ हजार २२० कित्ता खरीदका लागि आवेदन परेको थियो । जुन मागभन्दा ४२ गुणा बढी आवेदन हो ।

कम्पनीको आईपीओ गोलाप्रथाद्वारा ७४ हजार ४०० जना आवेदकले १० कित्ताका दरले शेयर पाउने छन् भने बाँकी आवेदकको हात खाली हुनेछ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।