image
image

विकास बैंकहरूको निक्षेपभन्दा ऋण बढी  

काठमाडौँ, २३, भदौ । एक सातामा विकास बैंकहरूको निक्षेप संकलनभन्दा ऋण लगानी दुई गुणाले बढेको छ । डेभलपमेन्ट बैंकर एसोसिएसनले सार्वजनिक गरेको एक साताको तथ्यांकअनुसार राष्ट्रियस्तरका विकास बैंकहरूको निक्षेप संकलन १ दशमलव ६६ अर्बले वृद्धि हुँदा ऋण लगानी भने ३ दशमलव ३७ अर्बले बढेको छ । 

गत शुक्रबारसम्म विकास बैंकहरूको निक्षेप ४ सय १६ अर्ब ३७ करोड रुपियाँ पुगेको छ । सोही अवधिमा ऋण लगानी ३६५ अर्ब ९१ करोड पुगेको छ । एक साता अघि निक्षेप ४ सय १४ अर्ब ७१ करोड र ऋण ३ सय ६२ अर्ब ५३ करोड रुपियाँ रहेको एसोसिएसनको तथ्यांक छ ।

राष्ट्रियस्तरकाका विकास बैंकहरूको निक्षेप झिनो अंकमा बढेको भए पनि क्षेत्रीयस्तरका विकास बैंकहरूको निक्षेप भने घटेको छ । अघिल्लो साता ती विकास बैंकको ७२ अर्ब ४२ करोड रुपियाँ रहेको निक्षेप रहेकोमा शुक्रबार ७२ अर्ब १७ करोड रुपियाँमा झरेको छ । तर, ऋण लगानी भने बढेको छ । अघिल्लो साता ६६ अर्ब ८० करोड रहेकोमा पछिल्लो साता वृद्धि भई ६७ अर्ब १७ करोड रुपियाँ पुगेको छ । समग्रमा विकास बैंकको कुल निक्षेप ४ सय ८८ अर्ब ५४ करोड र ऋण ४ सय ३३ अर्ब ८ करोड रुपियाँ रहेको छ ।

एक साता अघि कुल निक्षेप ४ सय ८७ अर्ब १४ करोड रुपियाँ र कर्जा ४ सय २९ अर्ब ३४ करोड रुपियाँ रहेको थियो यस अर्थमा एक सातामा निक्षेप १ अर्ब ४० करोड रुपियाँ र ऋण ३ अर्ब ७३ करोड रुपियाँले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।