बढी दूध बेच्ने किसानलाई अनुदान
काठमाडौँ, २३, भदौ । मुसीकोट नगरपालिकाका ३७ किसानले दूधमा अनुदान पाएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ५ सय लिटर बढी दुध बेच्ने किसानलाई नगरपालिकाले अनुदान दिएको हो ।
गत वर्ष नगरपालिकाले किसानको प्रोत्साहनका लागि भन्दै दूधमा अनुदान दिने कार्यक्रम बनाएको थियो । ३७ किसानले प्रतिलिटर ३ रुपैयाँका दरले अनुदान प्राप्त गरेका छन् । आवेदन दिएका सबैले अनुदान पाएको नगर पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले बताइन् । उनका अनुसार एक किसानले १ हजार ५ सय देखि बढीमा ३९ हजार ६ सय रुपैयाँसम्म अनुदान पाएका छन् । २१ महिला र १६ पुरुष किसानले अनुदान प्राप्त गरेको उनले जानकारी दिइन् । दूध उत्पादनमा वृद्धि गर्ने कार्यक्रमको उद्देश्य हो, उनले भनिन्, ‘जसका लागि २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेका थियौं ।
किसानको अनुदानमा गत वर्ष २ लाख ४७ हजार रुपैयाँ खर्च भएको शाखाले जनाएको छ । १० वटा वडाका किसानलाई गत वर्ष अनुदान वितरण गरिएको शाखा प्रमुख सापकोटाले बताइन् । उनका अनुसार लागि नगरपालिकामा सूचीकृत डेरीमा दूध बिक्री गर्नुपर्ने प्रावधान राखिएको छ । नगरपालिकाले ८२ हजार ५ सय ८६ लिटर दूधमा अनुदान बाँडेको उनको भनाइ छ । कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको नगरपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षमा ५ सय लिटर बढी दूध बेच्ने हरेक किसानले दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने नगरप्रमुख देविलाल गौतमले बताए । ‘कार्यक्रमले किसानलाई उत्साह मिलेको पाइएपछि निरन्तरता दिइएको हो,उनले भने, पशुको निःशुल्क बिमा गर्ने कार्यक्रम पनि यो वर्ष जारी छ । गत वर्ष किसानले ५० वटा भैंसी र ३ सय १० वटा बाख्राको निःशुल्क बिमा गराएका थिए । संघीय सरकारले बिमाबापतको ७५ प्रतिशत प्रिमियम यसअघि नै ल्याएको छ । किसानले तिर्नुपर्ने २५ प्रतिशत रकम नगरपालिकाले व्यहोरिरहेको उनले जानकारी दिए ।