image
image

आजपनि नेप्सेमा पहिरो, कारोबार रकममा पनि भारी गिरावट

काठमाडौँ २३ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो कारोबारको दिन आज बुधबार समेत उच्च अंकको गिरावट आएको छ। आज नेप्से ६०.०२ अंकले घटेर दुई हजार ८ सय ७६ दशमलब ५९ विन्दुमा थामिएको छ। 

त्यस्तै, आज कोरोबार रकममा पनि ठुलो गिरावट आएको छ । आज ६ अर्ब ६४ करोड ६६ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूह घटेका छन् ।  

नेप्सेका अनुसार आज बजारमा ठुलो गिरावट आउँदा पनि सानिमा लाइफ इन्स्योरेन्स, एक्सल डेभलभमेन्ट बैंकको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४९७.४० रुपैयाँ पुगेको छ भने एक्सल डेभलभमेन्ट बैंकको ८.६० प्रतिशतले बढेर प्रतिकित्ता १०८६  रुपैयाँ पुगेको छ ।  

त्यस्तै, आज लाइफ इन्सुरेन्स कम्पनी, गुडविल फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लाइफ इन्सुरेन्स कम्पनीको शेयरमूलय आज करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।