image
image

होटल–रिसोर्टलाई १० वटासम्म गाडी ल्याउँदा १ प्रतिशत मात्र भन्सार शुल्क 

काठमाडौँ, २८, भदौ। सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटबाट गाडी आयातमा छुट दिने भएको छ ।

यो छुट लगानीका आधारमा उपलब्ध गराइने छ। पर्यटन मन्त्रालयले सिफारिस गरेपछि १० वटा गाडीसम्म एक प्रतिशत भन्सार शुल्कमा आयात गर्न सकिन्छ।

एक अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म लगानी गरेका होटेल तथा रिसोर्टलाई २ वटा सवारी किन्दा भन्सार एक प्रतिशत मात्र लाग्छ। दुई अर्बदेखि पाँच अर्ब रुपैयाँसम्म लगानी भएका होटल तथा रिसोर्टलाई  ५ वटा सवारी साधन एक प्रतिशत भन्सार शुल्कमै ल्याउन पाउने छुट दिइएको छ। पाँच अर्बभन्दा बढी लगानी भएको अवस्थामा १० वटासम्म आयात गर्न दिइन्छ।

आर्थिक ऐनले कति सीसीको गाडी, कति डलरसम्मको गाडी आयात गर्न भन्सार छुट दिने भनेर केही पनि खुलाएको छैन। यसरी ल्याइएका गाडीहरु हरियो प्लेटमा भने कुदाउनु पर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।