image
image

सेयर बजारमा तीब्र उतारचढाव

काठमाडौँ - अघिल्लो दिन सामान्य अंकले घटेको सेयर बजार बुधबार भने सकारात्मक देखिएको छ । सेयर बजार मापन गर्ने नेप्से परिसूचक बुधबार तीब्र उतारचढावबीच १५.८७ अंकले बढेर २३४२.७६ अंकमा उक्लिएको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

केही दिनदेखि लगातार दोहोरो अंकको सुधार देखिएको बजारमा मंगलबार भने ब्रेक लाग्दै ५.५७ अंकको ओरालो लागेको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.१८ अंकले बढेर ४४३ अंकमा बन्द भएको छ । बुधबार बजार खुलेसँगै ओरालो लागेको सेयर बजारमा तीब्र उतारचढावबीच सकारात्मक देखिएको हो ।

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार देखिएको दिन वाणिज्य बैंक, व्यापार, होटल, उत्पादनमूलक र अन्य बाहेक सबै समूहको परिसूचमा बढेको छ । बिमा समूहको परिसूक सबैभन्दा धेरै ७२९.३७ अंकले बढ्दा निर्जीवन बिमा समूहको परिसूचक १८५.९८ अंकले बढेको छ । नेप्से परिसूचक सकारात्मक देखिए पनि कारोबार रकम र सेयर संख्या भने मंगलबारको तुलनामा घटेको छ । बुधबार २ सय ११ कम्पनीका १ करोड ५९ लाख कित्ता सेयर ६ अर्ब २१ करोड रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

मंगलबार १ करोड ६३ लाख कित्ता सेयर ७ अर्ब ४६ रुपैयाँ बराबरमा खरिदबिक्री भएको थियो । कोरोबार रकमको आधारमा बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ६१ करोड ४० लाख हुँदा प्रभु बैंकको २९ करोड २ लाख, नेपाल पुनर्बिमा कम्पनीको २७ करोड ३६ र शिखर इन्स्योरेन्स कम्पनीको २५ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।