image
image

कम्पनीको मूल्य घट्दा पनि नेप्सेमा हरियाली

काठमाडौँ, २८, भदौ । सोमबार सेयर बजारको परिसूचक नेप्से झिनो अंकमा हरियो बन्यो।०.४ अंकले बजार हरियो बन्दा धेरैजसो कम्पनीको मूल्य भने घटेको छ। यस दिन ७६ कम्पनीको मूल्य मात्रै बढ्यो भने १०२ कम्पनीको मूल्य घट्यो। ७ कम्पनीको मूल्य भने स्थिर रह्यो। 

आजको कारोबारपछि नेप्से परिसूचक २९४७ अंकमा कायम भएको छ। दिउँसो ११ः ३४ बजे परिसूचक २९८४ अंकसम्म पुगेको थियो। त्यसपछि उतारचढावका बाबजुत अन्त्यमा बजार हरियो भएर अडियो। 

कारोबार रकम हिजोभन्दा सामान्य घटेको छ। हिजो ९ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ९ अर्ब २९ करोडमा सीमित भयो। 

बैंकिङ १६, विकास बैंक ४, फाइनान्स २, होटल तथा पर्यटन ४, जीवन बीमा ८५, निर्जीवन बीमा १९८ र ब्यापार समूह २९ अंकले बढेका छन्। 

अन्य ८, लघुवित्त ३१, उत्पादन ९३ र जलविद्युत समूह ९० अंकले घटेका छन्। 

तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो। मूल्यवृद्धिसँगै अजोडको प्रतिकित्ता ८५९, मनकामना स्मार्टको ६८७ र सानिमा लाइफको ६६१ रुपैयाँ कायम भएको छ। 

त्यस्तै कालिका पावर कम्पनीको मूल्य सबैभन्दा धेरै ६.४ प्रतिशतले घटेको छ। रैराङ हाइड्रोपावरको मूल्य ५.६ प्रतिशतले घट्यो भने ग्रीनलाइफ हाइड्रोको मूल्य ५.३ प्रतिशतले घट्यो। युनिभर्सल पावर र माउन्टेन हाइड्रोको मूल्य पनि ५ प्रतिशतले घटेको छ। 

कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ६१ करोड रुपैयाँको सेयर किनबेच हुँदा दोस्रोमा रहेको युनाइटेड मोदीको ४७ करोडको कारोबार भयो।

नेसनल हाइड्रोपावर, नबिल बैंक र अपि पावर पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।