image
image

नेप्सेमा झिनो अंकको बृद्धि

काठमाडौँ, २८, भदौ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक सानो अंकमात्रै बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ०.२७ अंक बढेर २९४७.६९ विन्दुमा पुगेको छ।

सोमवार दिन सेन्सेटिभ इण्डेक्स ०.५५ अंक, फ्लोट इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको हो।  

आइतबार अघिल्लो दिन ९ अर्ब ४४ करोडको सेयर खरिदबिक्री भएको बजारमा सोमबार २२६ कम्पनीको ९३ हजार २१८ पटकको कारोबारमा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार तीन कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशत बढेको हो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।