image
image

१६ प्रतिशतले बढ्यो राजस्व

काठमाडौँ, २९, भदौ । आन्तरिक राजस्व कार्यालय हेटौंडाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनमा प्रगति गरेको छ । कोरोना महामारीका बीच पनि मकवानपुरका विभिन्न स्थानीय तहमा सञ्चालित उद्योग, कलकारखानामा अनुगमन गरी राजस्व संकलनलाई तीव्रता दिइएकाले १६ प्रतिशत बढी राजस्व संकलन भएको कार्यालय प्रमुख शालिकराम आचार्यले बताए ।

उनका अनुसार गत आवमा विभिन्न स्रोतको राजस्वबापत ५ अर्ब ५५ करोड ८४ लाख ६ हजार रुपैयाँ राजस्व उठेको छ । यो आँकडा अघिल्लो आवमा उठेको ४ अर्ब ७८ करोड ७३ लाख ४० हजार रुपैयाँभन्दा ७७ करोड १० लाख ६६ हजार रुपैयाँले बढी हो ।

कार्यालयले गत आवमा अन्तःशुल्क २ अर्ब ८६ करोड ९ लाख २१ हजार, मूल्य अभिवृद्धि कर १ अर्ब ३४ करोड ८ लाख ५४ हजार, आयकर १ अर्ब १० करोड ६९ लाख १३ हजार, ब्याजकर ४ करोड ६० लाख ८१ हजार र घरबहाल कर २ करोड ६२ लाख ९३ हजार रुपैयाँ संकलन राजस्व संकलन गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।