image
image

साहस ऊर्जाले ५ असोजदेखि ७० करोडको आईपीओ बिक्रीमा ल्याउने  

काठमाडौँ, २९, भदौ । साहस ऊर्जाले आगामी ६ असोजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ६ असोजदेखि सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर एक सय अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ । कम्पनीको निष्काशित शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । कम्पनीले बाँकी ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीले निष्काशन गरेको न्यूनतम १० कित्ता लागि र अधिकतम १० लाख ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा लगानीकर्ताले ६ असोजदेखि १० असोजसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले आईपीओमा मेरो शेयरको वेबसाइट, मेरो शेयरको एप, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीको आईपीओलाई  ‘इक्रा एनपि आईआर डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनी वित्तिय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ । आईपीओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी तीन अर्ब ५० करोड पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।