image
image

प्रभु बैंकले १ अर्ब बराबरको  ऋणपत्र निष्कासन गर्ने

काठमाडौँ, २९, भदौ । प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ दिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो । 
 
हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा यसले २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ५० पैसा रहेको छ ।

। तर हालसम्म बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भने ऋणपत्र निष्कासन गर्न निवेदन पेश गराएको छैन । बोर्डले अनुमती प्रदान गरेपश्चात मात्र बैंकले ऋणपत्र निष्कासन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।