image
image

बढ्यो मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा

काठमाडौँ २९ भदौ ।  नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । केन्द्रीय बैंकले मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा बढाएको हो।


त्यस्तै राष्ट्र बैंकले बैंक खाताबाट वालेटमा रकम पठाउदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ रकमान्तर गर्न सकिने गरी सीमा तोकेको छ। यसअघि यस्ताे सीमा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँ थियो। यस्तै वालेटबाट बैंक खातामा पैसा पठाउदा समेत सोहि सीमा लागु हुन्छ।

यसैगरी एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदाको सीमामा भने केन्द्रीय बैंकले कुनै परिवर्तन गरेको छैन। वालेटमार्फत अर्को वालेटमा पैसा पठाउदा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रति महिना ५ लाख रुपैयाँ सीमा तोकिएको छ।वालेटमा बढीमा ५० हजारसम्म ओभरनाइट मौज्दात राख्न पाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। यसअघि यस्तो सीमा २५ हजार मात्रै थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।