image
image

शंकास्पद कारोबार गरे पाँच करोडसम्म जरिवाना 

काठमाडौँ २९ भदौ । राष्ट्र बैंकले शंकास्पद कारोबार गरे पाँच करोडसम्म जरिवाना तिराउने भएको छ ।  बैंकले आज जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मार्फत शंकास्पद लेनदेन गर्ने संस्थाले पाँच करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा शुुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण  ऐन, २०६४ को दफा ७ (प) र भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ४५ बमोजिम केन्द्रीय बैंकले विभिन्न निर्देशन जारी गरेको छ ।त्यस्तै  ग्राहक तथा वास्तविक धनी पहिचान अद्यावधिक गराउनुपर्नेछ र शंकास्पद कारोबार पहिचान तथा जानकारी दिनुपर्ने बताईएको छ । 


यसैगरी, जोखिम व्यवस्थापन, प्रविधिगत पहिचान तथा सूचना संकलनको प्रणालीगत व्यवस्था, निरन्तर अनुगमन, सूचनाको गोप्यता, आन्तरिक नियन्त्रण, अभिलेख व्यवस्थापन, क्षमता अभिवृद्धि र कानूनबमोजिम सूचक संस्थाले विभिन्न दायित्व पनि पालना गर्नुपर्नेछ ।यी नीति तथा कार्यविधि पालना नभएमा पहिलोपटक सचेत गराउने र दोस्रो पटकदेखि १० लाख या अवस्था हेरेर थप जरिवाना हुने केन्द्रीय बैंकले जनाएको छ ।  

 

   
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।