image
image

नेप्सेमा पहिरो,  कारोबार पनि ५ अर्बमा सिमित 

काठमाडौँ  ३० भदौ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार राताम्मे भएको छ । आज नेप्से ४०.२६ अंकले घटेर दुई हजार ८ सय ८९ दशमलब ३ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब ३५ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

आज २२२ कम्पनीको १ करोड ५ लाख ५७ हजार ८ सय ६६ शेयर ७५ हजार ८ सय ९५ पटक कारोबार भएको छ । आज कूल १३ समूह मध्ये सबै घटेर राताम्मे भएका छन् । नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य आज ८.२३ प्रतिशतले बढेको छ । 

त्यस्तै, एनआइबीएल समृद्धि फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.८८ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।