घट्यो कुखुराको मासुको मूल्य
काठमाडौँ ३० भदौ । ब्रोइलर कुखुराको मासुको मूल्य घट्न थालेको छ । बजारमा उत्पादन बढेपछि मूल्य घट्न लागेको हो । कुखुरा बिक्री व्यवसायी संघका अनुसार हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ ।
यसअघि, कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँदेखि ३८० रुपैयाँसम्म थियो । मूल्य घट्न थालेपछि किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ पाउन थालेका छन् ।
यस्तै, हाल कुखुराको मासुको होलसेल मूल्य २८० रुपैयाँमा आइपुगेको संघले जानकारी दिएको छ ।