आपूर्ति कोटा कम हुँदा कच्चा सुन अभाव
काठमाडौँ ३० भदौ । नेपाली बजारमा कच्चा सुनको अभाव हुन थालेको छ । आपूर्ति कोता कम भएकै कारण सुन अभाव भएको व्यवसायीको बुझाई छ ।
सुन अभाव भएसँगै व्यवसायीहरु राष्ट्र बैंक पुगेका छन् । नेपालमा चाडवाडको समयमा दैनिक ३५ देखि ४० किलोग्रामसम्म र सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुन माग हुने गरेको छ । हाल व्यवसायीहरूले दैनिक २० किलोग्राममात्र कच्चा सुन पाउँदै आएका छन् । बजारमा सुनको माग स्थिर नहुँदा पनि यो समस्या आएको महासंघले दाबी गरेको छ ।
त्यस्तै सुन आयतमा निजी क्षेत्रलाई अनुमति नदिएकाले पनि सुनको अभाव हुने गरेको व्यवसायीको बुझाई छ ।