image
image

चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा बढी पुग्ने अनुमान

काठमाडौँ, ३१, भदौ । यसवर्षको दशैंमा चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा बढी पुग्ने देखिएको छ । सरकारी अनुदानको चिनी खरीद विक्री गर्दै आइरहेका दुई कम्पनी साल्ट ट्रेडिङ कर्पेरिशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चाडपर्वका लागि चिनीको मौज्दाता नहुँदा व्यापारीहरुले मनपरी रुपमा चिनीको मूल्य बढाउन सक्ने यसको मूल्य नियन्त्रणबाहिर जाने सम्भावना रहेको छ । 

यतिबेला साल्ट ट्रेडिङ कर्पोरेशनसँग करीब २ सय टन चिनी छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चिनीको मौज्दात शून्य छ । व्यापारीहरूले यही मौका छोप्दै मनपरी रूपमा चिनीको मूल्य तोक्न सक्ने सरोकारवालाहरूले बताएका छन् । 

साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले कर्पोरेशन र खाद्य कम्पनीसँग चिनी नभएको मौका छोप्दै दशैंमा व्यापारीहरूले प्रतिकिलो चिनीको मूल्य १ सय १० रुपैयाँसम्म तोक्न सक्ने अनुमान रहेको बताए । उनका अनुसार सरकारले सरकारी कम्पनीलाई चिनी खरीदको अनुमति नदिँदा व्यापारीहरूलाई चिनीको मूल्यमा मनपरी गर्न सजिलो भएको छ । सरकारी कम्पनीले बजार मूल्यलाई हस्तक्षेप गरी बजार अनियन्त्रित हुनबाट बचाउँछन् ।

खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले पनि उनको कुरालाई स्वीकार गरेका छन् । अबको केही दिनमै चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँ पुग्नेछ र दशैंको बेलामा त्यो मूल्य अझ बढेर जाने सम्भावना प्रबल छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।