image
image

यस्तो छ आजको विनिमयदर 

काठमाडौँ, १, असोज । हिजोको तुलनामा आज (शुक्रबार) अमेरिकी एक डलरको भाउ ४ पैसाले बढेको छ । बिहीबार सो मुद्राको खरिद दर ११७.२९ र बिक्री दर ११७.८९ रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले आज खरिद दर ११७.३३ र बिक्री दर ११७.९३ रुपैयाँ तोकेको हो । 

यस्तै, युरोपियन युरो एकको खरिद दर १३८.०९ र बिक्री दर १३८.८० रुपैयाँ तथा बेलायती मुद्रा पाउन्ड स्टर्लिङको खरिद दर १६२.२२ र खरिद दर १६३.०५ रुपैयाँ तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८५.८७ र बिक्री दर ८६.३१ रुपैयाँ तथा क्यानडेली डलर एकको खरिद दर ९२.८८ र ९३.३५ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

आज सिंगापुर डलर एकको खरिद दर ८७.३५ र बिक्री दर ८७.७६ रुपैयाँ कायम गरिएको छ ।   जापानी यन १० को खरिद दर १०.७३ र बिक्री दर १०.७८ रुपैयाँ तोकिएको छ ।  चिनियाँ युआन एकको खरिद दर १८.२० र बिक्री दर १८.३० रुपैयाँ, साउदी अरबियन रियालको खरिद दर ३१.२८ र बिक्री दर ३१.४४ रुपैयाँ, कतारी रियालको खरिद दर ३१.२२ र बिक्री दर ३२.३९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 


यस्तै, दक्षिण कोरियाली वन १०० को खरिद दर १० र बिक्री दर १०.०५ रुपैयाँ, हङकङ डलर एकको खरिद दर १५.०७ र बिक्री दर १५.१५ रुपैयाँ, कुबेती दिनार एकको खरिद दर ३९०.०७ र बिक्री दर ३९७.०७ रुपैयाँ तथा बहराइन दिनार एकको खरिद दर ३११.२२ र बिक्री दर ३१२.८१ रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।