image
image

नायक पल शाह र नायिका समिक्षा अधिकारीको चर्चै चर्चा

काठमाडौँ, १, असोज । नायक पल शाह र नायिका समिक्षा अधिकारी केही समयदेखि सांगीतिक बजारको गसिपको केन्द्रमा छन् । गायिका अधिकारी र नायक शाहले केही म्युजिक भिडियोमा समेत काम गरेका छन् । उनीहरुले अभिनय गरेको ‘डिग्री सम्म पढम्ला’ बोलको गीतको भिडियो पनि केही दिन अगाडि सार्वजनिक भएको छ । जुन भिडियोलाई दर्शकले औषत रुचाएका छन् ।

पल र समिक्षाको चर्चा युटुबमा सार्वजनिक हुने म्युजिक भिडियोमा मात्र होइन, टिकटकका कारण पनि खुबै हुन्छ । मायाले भरिएको टिकटकमा समिक्षा र पल दिल खोलैर निकटता देखाउँछन् । समिक्षाले पल शाहको आफू ठूलो फ्यान भएको बताएकी थिइन् । तर, सांगीतिक बजारमा चलेको चर्चालाई मान्ने हो भने पल र समिक्षाको निकटता फ्यान र स्टारको मात्र होइन ।

वुझिएअनुसार, एक टेलिभिजन कार्यक्रममा पल र समिक्षाको बिषयमा सार्वजनिक हुन लागेको एक रिपोर्ट समेत यी दुईको आग्रहमा रोकिएको थियो । पल र समिक्षा आफूहरुविचको सम्बन्धको गसिप सार्वजनिक नहोस् भन्ने चाहन्छन् । के पल र समिक्षाको सम्बन्ध ‘स्टार र फ्यान’को मात्र हो या त्यो भन्दा पनि माथि छ ? पक्कै पनि यी दुइले चाडै नै मुख खोल्लान् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।