image
image

नेप्सेमा ४ कम्पनीको सेयर थपियो

काठमाडौँ, १, असोज । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ वटा कम्पनीको सेयर सूचीकृत भएको छ । जसमा ३ वटा कम्पनीको ऋणपत्र र एक कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार यस साता ग्लोबल आईएमई बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । ग्लोबल आईएमई बैंक लिमिटेड डिबेन्चर– २०८६/८७ को ३० लाख कित्ता ऋणपत्र सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

त्यसैगरी, नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८ प्रतिशत बोनस सेयरबापतको ३ लाख ६५ हजार ८२३ दशमलव २४ कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार यस साता एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको भएको छ ।

एनआईसी एसिया बैंकको ‘एनआईसी एशिया ऋणपत्र २०८८ को १५ लाख ७३ हजार ८ सय ७२ एकाइ र राष्ट्रिय वाणिज्य बैंकको ८.५ प्रतिशत आरबीबीएल डिबेन्चर २०८३ को २५ लाख एकाइ ऋणपत्र सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।