image
image

स्वदेशी काठको हाहाकार

काठमाडौँ - पछिल्लो समय नेपाली बजारमा स्वदेशी काठको अभाव हुन थालेको छ । विगत ८ महिनादेखि सरकारले काठ ओसार पोसार, संकलन तथा बिक्री वितरणमा लगाएको प्रतिवन्दसँगै नेपाली बजारमा स्वदेशी काठको अभाव हुन थालेको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।  

बजारमा करिव ४ करोड क्यू फिट काठको माग रहेको काठ व्यवसायीहरुको भनाइ छ । बजारको माग पूरा गर्न नसकेर विदेशी काठको आयात बढिरहेको बेलामा अझै काठ ओसार पोसार तथा बिक्री वितरणमा लगाएको प्रतिवन्दले बजारमा काठको अभाव देखिएको छ । स्वदेशी काठ बिक्री वितरणमा लगाएको प्रतिवन्दले विदेशी काठ, आल्मोनियम तथा फलामे पाताको आयात बढ्ने सम्भावना छ । स्वदेशी काठ भने जंगलमा नै सडेर गइरहेको छ ।

नेपाली बजारमा माग अनुसारको आपूर्ति व्यवस्थापन नहुँदा काठ पनि महंगो हुन थालेको छ । पछिल्लो समयमा वैज्ञानिक वन व्यवस्थापनको नाममा अनियमितता भएको भन्दै काठ संकलन, ढुवानी तथा ओसारपोसारमा सरकारले लगाएको प्रतिवन्दसँगै माग बढ्दो र माग अनुसार आपूर्ति व्यवस्थापन हुन नसक्दा काठ अभाव बढेको हो ।

प्रतिवन्द लगाएसँगै बजारमा सालको काठको माग बढिरहेको छ । अहिले बजारमा दैनिक ७ हजार क्यू फिटसम्ममा काठ बिक्री भएको व्यवसायीहरु बताउँछन् । बजारको काठको अभावसँगै उपभोक्ताको आवश्यकता पूरा गर्न विदेशी काठ आयात बढ्न थालेको व्यवसायीहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।