image
image

बागलुङको छुर्पी काठमाडौंमा निर्यात

काठमाडौँ, १, भदौ। बागलुङमा उत्पादित छुर्पी काठमाडौं निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमा झण्डै एक हजार ५०० किसानले धेरथोर दूध बजारीकरणका लागि पठाउँछन् । सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको छ । 

त्यसमध्ये काठमाडौँ निर्यात हुने उत्पादन छुर्पी रहेको दुग्ध सहकारीका प्रबन्धक बैकुण्ठप्रसाद शर्माले जानकारी दिए। आव २०७७/७८ मा मात्रै रु २९ लाख ५५ हजारको दूधबाट बनेको परिकार छुर्पी बिक्री गरेको र अधिकांश छुर्पी काठमाडौं निर्यात हुने उनको भनाइ छ । सहकारीले गत आवमा रु ४८ लाख ६६ हजारको दही, रु २० लाख ४४ हजारको घ्यू, रु २९ लाख १२ हजारको पनिर, रु एक लाख ८६ हजारको नौनी,आफ्ना उत्पादनलाई बढाउँदै लैजाने र यस वर्ष रु ५० लाखको छुर्पी निर्यात गरी बागलुङलाई गुणस्तरीय छुर्पी उत्पादन हुने जिल्लाका रूपमा परिचय दिने सहकारी सङ्घको योजना रहेको अध्यक्ष गौतमले बताए। 

अहिले छुर्पीलाई सहकारी सङ्घले प्रतिकिलो रु एक हजार २०० मा बिक्री गर्दै आएको छ । सहकारीमा आवद्ध किसानले सहकारीमा आवद्ध भएर दूधको बजारीकरण गर्दा दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएको बताएका छन् । सहकारी सङ्घमा १५ कर्मचारीले सङ्कलन भएको दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गरेर सेवा प्रदान गर्दै आएका छन् ।

कृषक सदस्यले उत्पादन गर्ने, सहकारी संस्थाले सङ्कलन गर्ने र सहकारी सङ्घले दुध तथा प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री वितरण गरेर सहकारीको असल अभ्यास गरेको रामबहादुर जिसिको भनाइ छ । दैनिक एक हजार ५०० कृषकले आयआर्जन गर्ने अवस्था दुग्ध सहकारी सङ्घले गरेको छ, यसलाई थप व्यवस्थित गराउन सरोकारवालाले ध्यान दिनुपर्छ जिसीले भने । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।