दूध बेचेरै किसानले कमाए पाँच करोड
काठमाडौँ, १, असोज । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक वर्ष २०७७/७८ मा दूध बिक्री गरेर रु पाँच करोड १२ लाख २७ हजार आम्दानी गर्न सफल भएका छन् ।
सहकारीमार्फत सङ्कलन, प्रशोधन र बजारीकरण गर्दा यहाँका किसान दीर्घकालीनरूपमा नै आम्दानी गर्न सफल भएका हुन् । दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष तथा अगुवा कृषक बालानन्द कँडेलले बताए।
चौधवटा सहकारीमा किसानले ल्याएको दूधलाई पुनः एकमुष्ट सङ्कलन, प्रशोधन तथा बजारीकरणको काम गर्दै आएको बागलुङ बजारस्थित बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले एक आवमा मात्रै किसानबाट रु पाँच करोड बढीको दूध खरिद गरेर बिक्री वितरण गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताए ।
किसानले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो, दूधलाई तापक्रम मिलाएर राख्नुपर्ने तथा दूध बिग्रेर खेर जाने समस्याका कारण किसानले दूध उत्पादनका लागि ठूलो लगानी गर्न नसकेको अवस्था थियो, अध्यक्ष गौतमले भने, किसान बिचौलियाको मारमा समेत पर्नाले धरासायी बन्ने अवस्थाको अन्त्य गर्न सहकारीमार्फत दूध सङ्कलन गरी सहकारीले नै घरघरमा पुर्याउने काम गर्दै आएको छ, अहिले सहकारीले किसानबाट सङ्कलन गरेको दुई हजार ५०० लिटर दूध दैनिक बिक्री भइरहेको छ, हामीले थोरै मुनाफा राखेर अरु रकम किसानलाई दिँदा किसानलाई दुग्ध व्यवसायप्रति उत्साह आएको छ ।