image
image

विद्युत निर्यातको स्टन्ट गर्दैछन् कुलमान घिसिङ, के विद्युत उत्पादन वृद्धि भएकै हो त ? 

काठमाडौँ १ असोज । पछिल्लो समय  प्राधिकरण  बिजुली खेर गएको भन्दै बंगलादेश र विहारसम्म बिजुली निर्यात गर्न विभिन्न वार्ता र सम्झौता गर्दै ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणको नेतृत्व लागिरहेको छ। प्राधिकरणले दिएको जानकारीअनुसार पिक आवरमै २५० मेगावाट बिजुली खेर गइरहेको छ। दिउँसोको समयमा पनि करिब ३०० मेगावाट र रातको सयममा ४ सय मेगावाटभन्दा बढी बिजुली खेर गइरहेको प्राधिकरणको भनाइ छ।

यता उद्यमी भने आफूले भनेजति विद्युत प्राधिकरणले उपलब्द नगरएको गुनासो गर्दै आएका छन्। वर्षौंदेखि डन्डी उद्योगले माग गरेको बिजुली प्राधिकरणले दिन सकेको छैन।  बिजुली खेर गइरहे पनि उद्योगीहरू भने डिजेल जेनेरेटर चलाउन बाध्य छन् । उद्योगहरूले अहिले पनि जेनेरेटर चलाएर उद्योग धान्नु पर्ने अवस्था रहेको छ। सिमेन्ट, डन्डी र होटल जस्ता बिजुलीको धेरै खपत गर्न सक्ने उद्योगहरूको बारेमा प्राधिकरणले चासो नै दिएको छैन।


 नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरू पनि समस्यामा परे  पनि सबै बिजुली यहीँ खपत हुने सम्भावना नभएको र  तत्काल निर्यात नै गर्नु पर्ने  बताए  । ठूला उद्योगमा लाइन दिने कुरा रुख कटानको विषयले पनि समस्या पारेको घिसिङ बताउँछन्। होङ्सीको विषयमा पनि रुख कटान अड्किँदा बिजुली दिन नसकेको घिसिङले बताए। '५ हजार रुख काटेर लैजानु पर्नेछ, वनले बाटो खोलिदिएको छैन,’ घिसिङले भने। प्राधिकरणको प्रसारण लाइननजिक उद्योग भएकालाई समस्या नभए पनि बाँकीको हकमा केही समस्या आएको घिसिङ बताउँछन्।

भविष्यमा ठूला उद्योग खुल्दा सजिलो होला तर अहिले नेपालको उद्योगले खपत गर्ने अवस्था छैन, अहिले तत्कालको लागि निर्यात नै समाधान भएको घिसिङको बुझाई छ । त्यस्तै  अहिले बेलुकी करिब १ हजार ४ सय ४१ मेगावाट बिजुली खपत हुने गरेको र यसमध्ये ५०९ मेगावाट प्राधिकरणका आयोजनाहरूबाट र ३८८ मेगावाट प्राधिकरणकै सहायक कम्पनी चिलिमे र माथिल्लो तामाकोशीबाट भइरहेको बताए ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।