image
image

सुनको मूल्य स्थिर

काठमाडौँ, ३, असोज । सुन चाँदी व्यवसायी महासघंले जनाए अनुसार नेपाली बजारमा आज साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको हो । यद्यपी, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ कायम छ । आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ ।

गत साताको शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार १५० रुपैयाँ तोकिएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।