image
image

आर्थिक समृद्धिमा जोड दिन प्रदेश प्रमुख कलौनीद्वारा आग्रह

काठमाडौँ  ३ असोज । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताएका छन् । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले अबको कार्यभार सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु रहेको बताए । सन्देश भनिएको छ, “जनताको राजनीतिक अधिकारप्राप्तिको सङ्घर्षको चरण सम्पन्न भइसकेको छ ।


अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने प्रधान दायित्व हाम्रो काँधमा आएको छ । संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख आर्थिक–सामाजिक प्रणाली विकास गर्न आवश्यक नीतिनिर्माण र कार्यान्वयनका लागि तीनै तहका सरकार तथा अन्य सबै सरोकारवाला पक्षलाई जिम्मेवारीपूर्वक लाग्न अनुरोध गर्दछु ।”

विज्ञप्तिमा संविधानले विविधतायुक्त नेपाली समाजलाई आपसी सद्भाव र सहिष्णुतामा आधारित भएर बृहत् राष्ट्रिय एकताका सूत्रमा आबद्ध गरेको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।