image
image

विद्युत खरिदबिक्री सम्झौता तत्काल खुलाउन वरिष्ठ उपाध्यक्ष ढकालको माग

काठमाडौँ, ३, असोज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले विद्युत खरिद बिक्री सम्झौता तत्काल खुलाउन माग गरेका छन् । नेपाल पोल एशोसिएसनको आठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनलाई सम्बोधन गर्दै ढकालले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा करोडौं लगानी गरिसकेका परियोजनाका प्रवद्र्धकहरु संकटमा परेको बताए ।  

अहिले पिक सिजनमा विद्युत् खेर जाने अवस्था सिर्जना हुने भएकाले कतै पीपीए रोकिने पो हो कि भन्ने हाम्रो आाशंका छ, उनले भने, अर्बौं लगानी गरिसकेका व्यवसायीलाई यसरी अन्योलमा पार्नुभएन, निजी क्षेत्रलाई प्रोत्साहित गर्न सकेमा मात्र आर्थिक विकास हुन्छ । 

अहिले धेरै जलविद्युत् कम्पनीहरुले अर्बौं लगानी गरिसकेको र पूर्वाधारका काम अघि बढाइसक्दा पनि विद्युत् खरिद बिक्री सम्झौता ९पीपीए० रोकिएको स्मरण गराउँदै ढकालले यसबाट लागत र अन्योल बढेको बताए । वरिष्ठ उपाध्यक्ष ढकालले स्टिल उद्योगसम्बन्धी सरकारको नयाँ नीतिका कारण विद्युतको खपत बढ्नसक्ने उल्लेख गर्दै खपत बढाउने उपायको खोजी गर्नुपर्ने धारणा राखे । 

उनले ऊर्जाका क्षेत्रमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने चाँडै नै देखिनेगरी परिणाम निकाल्न आफूहरु तयार रहेको बताए ।  सो अवसरमा वरिष्ठ उपाध्यक्ष ढकालले ऊर्जा क्षेत्रमा भएको लगानी संरक्षण र थप लगानीका लागि वातावरण तयार गर्न आग्रह गरे । 

कार्यक्रममा ढकालले निजी क्षेत्रबाट सञ्चालित उद्योग व्यवसायलाई पनि सरकारी लगानीका संस्थासरह सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखे । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।