image
image

यस्तो छ आजको विनिमयदर 

काठमाडौँ, ४, भदौ । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार सो मुद्राको खरिददर ११७.२७ र बिक्रीदर ११७.८७ रुपैयाँ रहेकोमा आज पनि यही दरमा विनियम हुने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।चिनियाँ युआन एकको खरिददर १८.१४ र बिक्रीदर १८.२३ रुपैयाँ कायम भएको छ । 

यूरोपेली मुद्रा यूरोको खरिददर १३७.५२ र बिक्रीदर १३८.२३ रुपैयाँ तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर १६१.१३ र बिक्रीदर १६१.९६ रुपैयाँ तोकिएको छ । यी दुवै मुद्राको भाउ हिजोको तुलनामा आज घटेको हो ।
केन्द्रीय बैंकका अनुसार आज नेपालमा क्यानडेली डलर एकको खरिददर ९१.८२ र बिक्रीदर ९२.३२ रुपैयाँ, सिंगापुर डलरको खरिददर ९१.८५ र बिक्रीदर ९२.५८ रुपैयाँ तथा साउदी अरेबियन रियालको खरिददर ३१.२७ र बिक्रीदर ३१.४३ रुपैयाँ निर्धारण गरिएको छ । 

यस्तै, कतारी रियाल एकको खरिददर ३२.२० र बिक्रीदर ३२.३७ रुपैयाँ, यूएई दिरामको खरिददर ३१.९३ र बिक्रीदर ३२.९ रुपैयाँ, मलेसियन रिंगिटको खरिददर २८.११ र बिक्रीदर २८.२६ रुपैयाँ तोकिएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर ९.९२ र बिक्रीदर ९।९७ रुपैयाँ तथा हङकङ डलर एकको खरिददर १५.७ र बिक्रीदर १५.१५ रुपैयाँ कायम गरिएको छ । 


आज कुबेती दिनार साट्नेले सबैभन्दा धेरै रुपैयाँ पाउनेछन् । सो मुद्राको खरिददर ३८९.६० र बिक्रीदर ३९१.५९ रुपैयाँ तोकिएको छ ।यस्तै, विनियमदरका हिसाबले दोस्रो स्थानमा रहेको बहराइन दिनारको खरिददर ३११.१३ र बिक्रीदर ३१२.७२ रुपैयाँ निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।