image
image

नेप्सेमा अत्यासलाग्दो’ गिरावट

काठमाडौँ ४ असोज । ​नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज सोमबार उच्च अंकले घटेको छ । लगातार तीन दिनको बन्दपछि आज खुलेको शेयर बजार सुरुवात देखिनै गिरावट देखिएको थियो । 

आज नेप्से ११४.०२ अंकले घटेर दुई हजार ६ सय ९८ दशमलब २५ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ८ अर्ब ४९ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

आज २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५ सय ३८ शेयर १ लाख ७ हजार ५ सय ९६ पटक कारोबार भएको छ । त्यस्तै आज १३ समूह मध्ये १३ समूह नै घटेर राताम्मे भएका छन् ।     
    ​
नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९८९.८० रुपैयाँमा पुगेको छ । 

त्यस्तै, १८१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । चार कम्पनीका लगानीकर्ताले मात्र कमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ४० करोड भन्दा बढीको कारोबार भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।