image
image

बुद्धभूमि हाइड्रोपावरको आइपीओ ११ गतेदेखि खुल्ने

काठमाडौँ, ४, असोज । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको असोज ११ गतेदेखि प्राथमिक सेयर (आइपीओ) बिक्री खुल्ला हुने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको कम्पनीले जनाएको छ । 

जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।बाँकी ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँट हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट पनि आवेदन दिन सकिन्छ ।

कम्पनीले नुवाकोटमा तल्लो ताँदी खोलाको पानीबाट ४.९९ मेगावाट क्षमतामा बिजुली उत्पादन गर्ने उद्देश्य लिएको छ । आयोजनाको लागत प्रतिमेगावाट २३. ८ करोड रुपैयाँ रहेको छ । समग्रमा आयोजनाको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।