image
image

हिमालय एयरलाइन्सको दुबई उडान पुन: सुरु 

काठमाण्डौ । कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेको हिमालय एयरलाइन्सले दुबई उडान पुनः सुरु गरेको छ। अब हरेक साता काठमाण्डौ र दुबईबाट ३/३ वटा उडान हुने एयरलाइन्सले जनाएको छ।

हिमालय एयरलाइन्सले काठमाण्डौबाट हरेक आइतबार, मंगलबार र बिहीबार दुबई उडान भर्नेछ। त्यस्तै दुबईबाट हरेक सोमबार, मंगलबार र बिहीबार काठमाण्डौ उडान गरिने एयरलायन्सले जनाएको छ। 

दुबईले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै हवाई यात्रा खुकुलो बनाएपछि हिमालय एयरलाइन्सले उडान पुनः सुरु गर्न लागेको हो। दुबईस्थित हेल्लो हिमालय ट्राभल एन्ड टुरिजमलाई आफ्नो स्थानीय बिक्री एजेन्टका रुपमा हिमालय एयरलाइन्सले नियुक्त गरेको छ। यो ट्राभलले दुबईमा आधिकारिक रुपमा हिमालय एयरलाइन्सको टिकट बिक्री र बजार विस्तारको काम गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।