image
image

हेटौंडा सिमेन्टले घटायो मूल्य

काठमाडौँ, ४, असोज । हेटौंडा सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको बिक्री मूल्य घटाएको छ । उद्योगले असोज १ मा निर्णय गरी ओपीसी सिमेन्ट प्रतिबोरा सात सय दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो । यसअघि उद्योगले प्रतिबोरा सात सय ४७ रुपैयाँमा सिमेन्ट बिक्री गर्दै आएको थियो । 

निजी क्षेत्रका उद्योगले सिमेन्टको मूल्य घटाएसँगै हेटौंडा सिमेन्टले पनि मूल्य समायोजन गरेको हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए । निजी क्षेत्रका उद्योगले बजारको मागका आधारमा रणनीतिक रूपमा मूल्य निर्धारण गर्ने गरेको उनको भनाइ छ । हेटौंडा सिमेन्टले पनि अब मासिक रूपमा बजारको माग र निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्ने गरी मूल्य समायोजन गर्ने उनले बताए ।

हेटौंडाकै शिवम् सिमेन्ट उद्योगले ओपीसी सिमेन्ट प्रतिबोरा ६ सय ८० र रिद्धिसिद्धि सिमेन्ट उद्योगले ओपीसी सिमेन्ट प्रतिबोरा सात सय रुपैयाँमा बिक्री गरिरहेका छन् ।

दुई वर्षदेखि निरन्तर कोरोनाको असहज परिस्थितिका कारण योजनाअनुसार सिमेन्ट उत्पादन तथा बिक्री हुन सकेको छैन । समय–समयमा उद्योगको मेसिनमा आउने समस्याले पनि घाटा भइरहेको हो, महाप्रबन्धक सिंहले भने । लामो समयपछि उद्योगले नाफा गर्न थालेको अवस्थामा कोरोना र मेसिनमा आएको समस्याले उद्योगलाई थप क्षति पुगेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।