image
image

विद्युत प्रसारण लाइनका लागि एडीबीले लगानी गर्दै 

काठमाडौँ ४ असोज । विद्युत प्रसारण लाइनका लागि एसियाली विकास बैंक (एडीबी)ले थप ६ करोड अमेरिकी डलर (७ अर्ब रुपैयाँभन्दा बढी) ऋण दिने भएको छ । नेपालमा विद्युत प्रसारण र वितरण प्रणालीको स्तरोन्नतीका लागि उक्त बैंकले लगानी गर्ने भएको हो ।

एडीबीले २०२० को नोभेम्बरमा स्वीकृत गरेको विद्युत ग्रिड आधुनिकीकरण परियोजना अन्तर्गत ३४ वटा सव–स्टेशनमा काम हुने छ। जसमा काठमाडौं उपत्यकामा स्मार्ट मिटर राख्ने योजनासमेत सामेल छ। त्यसमा १ सय ४४ किलोमिटरमा अपग्रेडको काम गरिने छ भने ११३ किलोमिटर ट्रान्समिसन लाइन नयाँ बनाइनेछ। विद्युत वितरण केन्द्र र नियन्त्रण केन्द्रको कामसमेत हुनेछ।

मूल परियोजनाको क्षेत्र विस्तार गर्नका लागि थप रकमले नेपालगञ्जदेखि कोहलपुर र चोभारदेखि लगनखेलसम्म १६ किलोमिटरमा १३२ किलोवाट ट्रान्समिसन लाइनमा मद्धत हुनेछ। यसले दुम्कीबास, लगनखेल, मूलपानी र नेपालगञ्जमा सवस्टेशन निर्माण गरी थप ४ सय ७७ मेगावाट क्षमता बढ्नेछ।

त्यस्तै आपूर्ति र प्रणाली सुधारका लागि साथै संस्थागत क्षमता बढाउन ‘रिसोर्स प्लानिङ एण्ड रेभेन्यू म्यानेजमेन्ट’ लागु गरिने एडीबीले जनाएको छ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।